कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुनकोसी नदीमा दाउरा टिप्‍न जाँदा युवतीको मृत्यु

काभ्रे — सुनकोसी नदीमा बगाएको काठ/दाउरा टिप्‍न जाँदा तेमाल–७ की २३ वर्षीया गीताकुमारी शाहको ज्यान गएको छ ।

बाढीमा बेपत्ता भएकी शाहको रामेछापमा सुनकोसीको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । आमा, भाउजुका साथ सुनकोसी नदी किनार पुगेकी गीतालाई नदीले बगाएको थियो । उनको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?