९६ किलो गाँजासहित पाँच जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१० स्थित बजार क्षेत्रबाट ९६ किलो गाँजा बोकेको कन्टेनर नियन्त्रणमा लिएको हो ।

९६ किलो गाँजासहित पाँच जना पक्राउ

पक्राउ पर्नेमा गाडीका चालक मकवानपुर मनहरी–६ का २५ वर्षीय सन्तोष आलेमगर, सहचालक २१ वर्षीय मोसा घलान, कन्टेनरमा सवार कैलाश–८, भार्ताका २४ वर्षीय उमेश लामा रहेका छन् । उनीहरूकै सूचनाका आधारमा बुधबार चितवन राप्ती–२ का ३१ वर्षीय विष्णु लामा र मकवानपुरको कैलाश–८ का २९ वर्षीय रोशन मोक्तानलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीका अनुसार ना२ख ५५७९ नम्बरको कन्टेनरमा गाँजा ल्याइएको गोप्य सूचनाका आधारमा हेटौंडा–११ थानाभन्ज्याङमा रोक्न खोज्दा भागेपछि पिछा गर्दै हेटौंडा–१० भुटनदेवी मोडबाट गाडी नियन्त्रणमा लिइएको हो । चालक बस्ने सिटपछाडि फल्स बटम बनाई १२ वटा पोकामा ९६ किलो ४ सय ग्राम गाँजा बरामद भएको रिमालले जानकारी दिए ।


प्रकाशित : असार ३, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?