२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सुनकोसी किनारमा तीन शव फेला

राजकुमार कार्की

सिन्धुली — सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएका तीनवटा शव फेला परेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मूलकोटमा एक, वडा नं ६ को कानढुंग्रीमा एक र फिक्कल गाउँपालिका–६ को रत्नावतीनजिकको दोभानमा एक शव भेटिएका हुन् ।  

ती शव सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती बाढीले बगाएर ल्याएकाहरूको हुन सक्ने स्थानीयलाई उद्धृत गर्दै सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले बताए । सुनकोसी नदीआसपासका बासिन्दालाई किनारमा गई माछा मार्ने र दाउरा संकलनका काम नगर्न आग्रह गरिएको उनले जानकारी दिए ।


प्रकाशित : असार ३, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?