१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिशूली किनारमा २ महिलाको शव फेला

हरिहरसिंह राठौर

धादिङ — गल्छी ६ जिन्टेटारस्थित त्रिशूली नदी किनारमा दुई महिलाको शव फेला परेको छ । बुधबार बिहान करिब ९:३० मा अन्दाजी ३५/४० वर्षीया २ जना महिलाको शव कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । 

'त्रिशूली नदी किनारमा दुई शव छ भन्ने सूचना पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

शवको पहिचान खुलेको छैन । दुवै शव पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको भण्डारीले बताए । शवहरु नुवाकोट, रसुवाबाट बगेर आएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : असार २, २०७८ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?