कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ वर्षदेखि विद्युत् उत्पादन ठप्प

हेटौंडा — मकवानपुरको दुर्गम गाउँमा ८ वर्षअघि सञ्चालनमा ल्याइएको वायु–सौर्य ऊर्जा परियोजना अलपत्र अवस्थामा छ ।

३ वर्षदेखि विद्युत् उत्पादन ठप्प

हावा र घामवाट विद्युत् उत्पादन गर्ने उक्त परियोजनाका ब्याट्री बिग्रेकाले विगत तीन वर्षदेखि विद्युत् उत्पादन बन्द छ । हावाबाट १० किलोवाट र सोलारबाट १५ किलोवाट गरी २५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । उक्त विद्युत् १ सय १० घरले प्रयोग गर्दै आएका थिए ।

वाग्मती गाउँपालिका–५ भोर्लेनीमा रहेको परियोजनाका सोलार, पंखा र ब्याट्रीको संरक्षण गर्न हम्मे परेको स्थानीय बताउँछन् । ‘ब्याट्री एक्कासि पड्किएपछि बन्द भएको विद्युत् उत्पादन अहिलेसम्म पनि सुरु भएको छैन,’ परियोजना उपभोक्ता समिति अध्यक्ष पदम घलानले भने, ‘यसबारे वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौंका सरहरूलाई जानकारी दियौं । तर अहिलेसम्म उहाँहरू आउनुभएको छैन । मैले बेलाबेला फोन गरिरहन्छु, आउँछौं भन्नुहुन्छ, खै आउनुभएको छैन ।’

भोर्लेनीमा १ सय २६ वटा सोलार प्लानल छन् भने हावावाट विद्युत् उत्पादन गर्ने २ वटा पंखा ठडिएका छन् । केन्द्रबाट प्राविधिक आएर मर्मत नगरिदिएकाले टुकी बालेरै बस्नुपरेको स्थानीयले दुःखेसो पोखे । यहाँ राष्ट्रिय प्रसारण लाइन भर्खर पुगे पनि पहिलाको जस्तो क्षमता र सेवा नपुगेको उनीहरूको भनाइ छ ।

प्रकाशित : असार २, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?