कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिले खोप लाएनन्, अहिले पाएनन्

रामेछाप — कोरोनाविरुद्धको खोप लगाउन आकर्षण बढेको छ । यसअघि खोप लगाउन नमान्नेहरू अहिले जसरी पनि लगाउन विभिन्न उपाय लगाइरहेका छन् । तर चिनजान र भनसुन गरेर केन्द्रमा पुगेका धेरै जना खोप लगाउन नपाई फर्किएका छन् ।

पहिले खोप लाएनन्, अहिले पाएनन्

सरकारले यसअघि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई खोप लगाएको थियो । तर कोभिसिल्ड खोप लगाएपछि ज्वरो आउने, टाउको र जीउ दुख्ने भन्दै त्यसबेला धेरैले लगाउन मानेका थिएनन् । ‘कर्मचारी नै धेरै छुटेको पाइयो,’ मन्थली नगर स्वास्थ्य शाखा प्रमुख केशवप्रसाद फुँयालले भने, ‘हिजो आउनुस् भन्दा आउनुभएन, अहिले जसरी भए पनि मिलाइदिनुपर्‍यो भन्ने धेरै छन् ।’

यस पटक जिल्लामा ३ हजार भाइल भेरोसेल खोप आएको छ । प्राप्त खोप ६२–६४ वर्ष उमेर समूहलाई हो । तर बुधबार खाँडादेवी, सुनापती र रामेछाप नगरपालिकामा लक्षित उमेर समूहभन्दा बाहिरका व्यक्तिहरूलाई पनि खोप दिइएको सूचना आएको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कर्णले बताए । उनका अनुसार ग्रामीण भेगमा धेरैलाई संक्रमण देखिएको, परीक्षण न्यून मात्रामा रहेको, गम्भीर संक्रमितमध्ये धेरैको मृत्यु भएकोले खोप लगाउने बढेका हुन् ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?