३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुवाको खालबाट पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दा

सुवास विडारी

मकवानपुर — हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित पक्राउ परेका ६ जनालाई जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार खालबाट पक्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेको थप एक जनाले किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको खुल्नमा आएको छ । ती किशोरीले आफूलाई बन्धक बनाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनीहरुमाथि मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।

जुवाको खालबाट पक्राउ पर्नेमा पीडित किशोरी पनि थिइन् । किशोरीले आफूलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् । उजुरीका आधारमा थप एक जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थप गरिएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?