कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रामेछापमा एक साता थपियो निषेधाज्ञा

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फैलन नदिनका लागि जिल्लामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । जारी आदेश बुधबार मध्यराति सकिँदै थियो । 

रामेछापमा एक साता थपियो निषेधाज्ञा

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले निषेधाज्ञाको आदेश असार २ गतेसम्मका लागि जारी गरेका हुन् । उक्त अवधिमा जिल्लामा खाद्यान्न तरकारीलगायतका दैनिक उपभोग्य सामाग्री खरिद गर्न बिहान ९ बजेसम्म पसल खुल्ने र साताको ३ दिन दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्थाले सेवा संचालन गर्ने बाहेकका अन्य सबै प्रकारका पेसा व्यवसाय र सेवा संचालन गर्न पाइने छैन । रामेछापमा वैशाख १९ देखि लगातार निषेधाज्ञा लाग्दै आएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?