कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुलीमा जेठ ३१ सम्म निषेधाज्ञा थप

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै पाँचौ पटक ६ दिन थपिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेसम्म थप गर्न सिफारिस भए बमोजिम निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

सिन्धुलीमा जेठ ३१ सम्म निषेधाज्ञा थप

उनका अनुसार यसअघि लगाएको निषेधाज्ञाको समयावधि मंगलबार आज राति १२ बजे सकिदै थियो ।

यस पटक थपिएको निषेधाज्ञामा भने यसअघि बन्द गरिएका स्टेसनरी, कपडा पसल, सुनचाँदी पसल, टेलरिङ, जुत्ता चप्पल पसल र निर्माण सामग्रीका पसल प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाउने अनुमति दिएको प्रजिअ न्यौपानेले बताए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिनाभन्दा बढी समयदेखि सबै व्यवसाय बन्द हुनेगरी निषेधाज्ञा जारी गरिदा उपभोक्ता र व्यापारीलाई समेत अप्ठेरो परेकाले यस पटक केही खुकुलो बनाएको प्रजिअ न्यौपानको भनाइ छ ।

दोस्रो लहरको कोरोनाको संक्रमण सुरु भएपछि हालसम्म एकहजार ७८५ जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन सन्तोष माझीका अनुसार कोरोना संक्रमित भइ २७ जनाले ज्यान गुमाई सकेका छन् । ३१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?