३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अक्सिजन अभाव हुन नदिन सिलिण्डर सहयोग

टीकाप्रसाद भट्ट

रामेछाप — अक्सिजनको अभाव भोगिरहेको रामेछापका लागि एमाले नेता एवं निर्माण व्यवसायी रत्नप्रसाद गौतमले ठूलो आकारको ६० सिलिण्डर अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।

अक्सिजन अभाव हुन नदिन सिलिण्डर सहयोग

गौतमले उपलब्ध गराएको अक्सिजन मध्ये जिल्ला अस्पताललाई ५० र अन्य स्वास्थ्य संस्थालाई १० सिलिण्डर उपलब्ध गराइएको छ ।

त्यसैगरी गौतमले एन्टिजेन किट, पिपीई, मास्क, अक्सिमिटर समेत उपलब्ध गराएका छन् । उक्त सामाग्री हरेक पालिकामा वितरण गरिएका छन् । उमाकुण्ड पालिकाका लागि केहि शैय्या समेत गौतमले उपलब्ध गराएका छन् ।

केहि दिन अघि गौतमले जिल्ला प्रशासन कार्यालयलाई हस्तारन्तरण गरेका १ हजार थान एन्टिजिन किटको गुणस्तरको विषयमा प्रश्न उठेपछि उनले नेपाल सरकारले तोकेको गुणस्तरयुक्त एन्टिजेन किट प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तान्तरण गरेका छन् । यस अघि उपलव्ध गराइएका १ हजार किट प्रयोगमा आइसकेको थिएन ।

नेपाल सरकारले २० प्रकारका एन्टिजेन किटलाई मात्र मान्यता दिएको थियो । मन्त्री स्तरिय निर्णयमा भने अन्तराष्ट्रिय बजारमा मान्यता पाएको किट प्रयोग गर्न मिल्ने निर्णय गरेकोले उपलब्ध भएका किट प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा छानबिन पछि निर्णय गरीने प्रजिअ सैजुले बताएका छन् ।


प्रकाशित : जेष्ठ १९, २०७८ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?