२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रामेछापको ठोसे फलामखानीलाई आएन बजेट

टीकाप्रसाद भट्ट

रामेछाप — आगामी आर्थिक वर्षको बजेटमा रामेछापको ठोसे फलामखानी सञ्चालनका लागि सम्बोधन नगरेकोमा स्थानीयले गुनासो गरेका छन् । यसअघि सरकारले ठोसे फलाम खानी उत्खनन र सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको थियो।

रामेछापको ठोसे फलामखानीलाई आएन बजेट

‘यसपटक फलाम खानीका लागि बजेटमा एक शब्द पनि नआएकोले दुःख लागेको छ,’ ठोसेका पूर्वगाविस अध्यक्ष जगतबहादुर आलेले भने । आलेका अनुसार खानी सञ्चालनका लागि पटक–पटक सर्भे मात्रै भएका छन् । आले भन्छन् ‘धेरैले चुनावी नारा बनाए, तर खानी सञ्चालन भएन ।’

फूलचोकीपछिको दोस्रो ठूलो ठोसे फलाम खानीसम्म पुग्नका लागि सडक निर्माणको कार्य केही वर्षयता भइरहेको छ । सडक विभागअन्तर्गतको उक्त योजनाले खानीस्थलसम्म कच्ची सडकको पहुँच पुग्ने क्रममा रहेको आलेले बताए । ‘२/३ वर्ष भयो, थोरबहुत काम हुँदै आएको थियो, यो वर्षदेखि ठप्प हुने भयो,’ आलेले भने ।

गोकुलगंगा गाउँपालिका २ ठोसेका विभिन्न स्थानमा फलामका खानी छन् । मुख्य खानी आरुबोटे, दाङरदिंगर, सिंगटिलगायतका क्षेत्रमा रहेको स्थानीय भुवनबहादुर कार्की बताउँछन् । कार्कीका अनुसार उक्त स्थानहरूमा राणाकालमा फलामका धाउ निकालेका सुरुङ अझै छन् ।

प्रकाशित : जेष्ठ १७, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?