कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचार खर्च र क्षतिपूर्ति

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु तामाकोसी गाउँपालिकाले कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीलगायत कर्मचारीलाई उपचार र क्षतिपूर्तिको घोषणा गरेको छ । 

कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचार खर्च र क्षतिपूर्ति

गाउँ कार्यपालिकाको आइतबारको बैठकले कोरोनाका कारण बिरामी भई उपचार गराउनुपर्ने कर्मचारीलाई १ लाख उपचार खर्च र सोही रोगका कारण मृत्यु हुने पुगेमा त्यस्ता कर्मचारीका परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार पालिकामा हालसम्म ७ जनाको कोरोनाले ज्यान गएको र केही उपचारको क्रममा रहेकोले थप कोरोना फैलन नदिन सतर्कता अपनाउने, संक्रमित भई उपचार गर्ने बिरामीलाई उपचारका अतिरिक्त १ हजार उपलब्ध गराउने र संक्रमितका लागि पालिकाबाट २ वटा डेडिकेटेड एम्बुलेन्सका अतिरिक्त २ वटा गाडी व्यवस्था गरिएको छ ।

यसैबीच नेपाल सरकारको नीतिअनुसार लिखु तामाकोसी गाउँपालिकामा निर्माण हुने १५ शय्याको अस्पताल बिजुलीकोटको नागिमा शीलान्यास गरेकोमा बजेट खिम्ती प्राथमिक स्वास्थ्यका लागि विनपयोजन भएकाले उक्त अस्पताल नाघीमा नै बनाउने निर्णय गरेको खड्काले बताए । उनले नाघी पालिकाका अधिकांश नागरिकलाई पायक पर्ने स्थान रहेको बताए ।

प्रकाशित : जेष्ठ १६, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?