१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काभ्रेमा कोरोनाले २९ दिनमा १ सय ३ जनाको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या एक सय नाघेको छ । वैशाख १६ यता २९ दिनको अवधिमा बिहीबारसम्म १ सय ३ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय, काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । 

काभ्रेमा कोरोनाले २९ दिनमा १ सय ३ जनाको मृत्यु

धुलिखेल अस्पताल र शिर ममोरियल अस्पतालमा उपचारका क्रममा ९६ जना, होम आइसोलेसनमा ६ जना र नमोबुद्धस्थित जनक माध्यमिक विद्यालयमा रहेको आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।

डा. झाका अनुसारका धुलिखेल नगरपालिकाका २५, बनेपाका १९, पनौतीका ९, मण्डनदेउपुरका ५, नमोबुद्ध नगरपालिकाका ४, रोसी गाउँपालिकाका ४, पाँचखालका ३, बेथानचोक र चौरीदेउराली गाउँपालिकाका २/२ जना र भुम्लु गाउँपालिकाका १ जनाको मृत्यु भएको छ । त्यस्तै धुलिखेल अस्पतालमा उपचार गराएका अन्य जिल्लाका २९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका धुलिखेल अस्पतालको आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा ज्येष्ठ नागरिक, दीर्घरोगी र अन्य जटिल रोग भएकाहरू बढी छन् । जटिल समस्या भएर अन्तिम अवस्थामा मात्रै अस्पताल आउने कारणले संक्रमितको मृत्यु भइरहेको उनले जानकारी दिए ।

ज्यान गुमाउनेमा २० वर्षदेखि ९० वर्ष उमेरसम्मका छन् । स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार २० देखि ३० वर्षसम्मका ५ जना, ३१ देखि ४० वर्षसम्मका ११ जना, ४१ देखि ५० वर्षसम्मका १६ जना, ५१ देखि ६० वर्षसम्मका १७ जना, ६१ देखि ७० वर्षसम्मका २८ जना, ७१ देखि ८० सम्मका १८ जना र ८१ देखि ९० वर्षसम्मका ८ जनाले ज्यान गुमाएका छन् । ज्येष्ठ नागरिक, दीर्घरोग भएका र संक्रमण पुष्टि भएपछि पनि घरमा नै रहेकाहरूको मृत्यु भएको उपचारमा संलग्न अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा गरी १ सय ६६ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १ सय १९ जना काभ्रेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?