कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्यो 

कृष्ण थापा

नुवाकोट — कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । 

मंगलबार नुवाकोट र धादिङका गरी दुई जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना कारण मृत्यु हुनेको संख्या २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला अस्पताल त्रिशूलीका अनुसार मंगलबार म्यागङ गाउँपालिका ५ का ५० वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका ३ का ७२ वर्षीय एक पुरुषको बिहान ११ बजे मृत्यु भएको त्रिशूली अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

जिल्लामा १ हजार ७९ जना सक्रिय संक्रमित भएका छन् भने निको हुनेमा १ हजार ८ सय १० जना रहेका छन् । अस्पतालमा ६३, आइसोलेसन सेन्टरमा ४२ र होम आइसोलेसनमा ९ सय ७४ जना संक्रमित छन् ।

जिल्लामा हालसम्म १३ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?