कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नुवाकोटमा कोरोनाबाट थप २ जनाको मृत्यु

कृष्ण थापा

नुवाकोट — कोरोना भाइरसबाट बिहीबार दुई जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ का ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । उनको बिहीबार दिउँसो पौने २ बजे मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । 

त्यसैगरी धादिङ गंगा जमुना गाउँपालिका ७ का ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनको बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ ।

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । नुवाकोटमा ९ सय ३९ जना सक्रिय संक्रमित भएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?