१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

काभ्रेको नमोबुद्ध नगर क्षेत्र एक साता सिल

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण समुदायस्तरमा नै बढ्दै गएको भन्दै नमोबुद्ध नगर क्षेत्र एक साताका लागि सिल गरिएको छ । 

नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जेठ ५ गते बुधबार राति १२ देखि जेठ १२ गते राति १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र सिल गर्ने निर्णय गरेको प्रमुख टंकप्रसाद शर्मा (तिमल्सिना) ले जानकारी दिए । उक्त अवधिमा खाद्यान्न पसल, तरकारी पसल, दुधजन्य पदार्थ पसल, मासुजन्य पसल, फलफूल पसललगायतका सम्पूर्ण व्यवसायहरु बन्द गरिने जारी सूचनामा उल्लेख छ ।

बैंक, सहकारी, बिमा कम्पनीलगायतका वित्तीय संस्थाहरु पनि बन्द हुनेछन् । अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय भने सञ्चालन हुनेछन् । नगरपालिकाले अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय र मातहतका कार्यालय बन्द गरिसकेको छ ।

सोमबारसम्म नगरमा सक्रिय संक्रमितको संख्या ८१ छ । १० जना अस्पताल एवं संस्थागत आइसोलेसनमा रहेका छन् भने ७१ जना होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै बनेपा नगरपालिकाले पनि मंगलबार राति १२ बजेदेखि १० दिनका लागि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?