१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिन्धुलीमा निषेधाज्ञा १० दिन लम्बियो

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा जारी निषेधाज्ञा जेठ ८ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै निषेधाज्ञा थप गरेको हो ।

सिन्धुलीमा निषेधाज्ञा १० दिन लम्बियो

यसअघि जारी एक साता लामो निषेधाज्ञा बुधबार रातिबाट सकिएको थियो । कोरोना संक्रमण दर बढ्दै गएपछि डीसीसीएमसीले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको समय थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालयका अधिकृत भीम बस्नेतले जानकारी दिए ।

संक्रमण फैलन नदिन निषेधाज्ञा थप कडा बनाइने प्रजिअ न्यौपानेले बताए । ‘अबका केही दिन अझ भयावह अवस्था नआओस् भनेर थप कडाइ गर्न लागेका छौं,’ उनले भने, ‘यो जिल्ला र राष्ट्रवासीकै लागि हो भनेर नियम पालना गर्नुपर्छ ।’ बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गमा सवारीसाधन ‘चेकिङ’ बढाइने न्यौपानेको भनाइ छ ।

उनका अनुसार अब बिनाकाम हिँड्नेलाई सोधपुछ गर्नुका साथै मापदण्ड पालना नभएको खण्डमा कारबाही गरिनेछ । सिन्धुलीमा बिहीबार बिहानसम्म ३७१ जना सक्रिय संक्रमित छन् भने आठ जनाको मृत्यु भएको छ ।


प्रकाशित : वैशाख ३०, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?