२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रामेछापमा छैनन् आइसीयू र भेन्टिलेटर

टीकाप्रसाद भट्ट

रामेछाप — कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको रामेछापमा गम्भीर भएका संक्रमितलाई राखेर उपचार गर्ने आईसीयू र भेण्टिलेटरको अभाव छ । जिल्ला अस्पताललगायत जिल्लामा कुनै पनि स्वास्थ्य संस्थामा आईसीयू र भेन्टिलेटर छैन । सरकारी र सामुदायिक अस्पतालमा केही थान अक्सिजन सिलिन्डरबाहेक जटिल बिरामीको उपचारमा थप सुविधा उपलब्ध नभएको स्वास्थ्य प्रमुख जितेन्द्र कर्णले बताएका छन् ।

रामेछापमा छैनन् आइसीयू र भेन्टिलेटर

'संक्रमित गम्भीर भएमा तत्काल राखेर उपचार गर्ने आईसीयू र भेन्टिलेटरको माग गरिरहेका छौं,' कर्णले भने, 'तर अहिलेसम्म कतै भेउ पाइएको छैन ।' स्वास्थ्य कार्यालयले प्रदेश सरकारलाई आईसीयू र भेन्टिलेटरको लागि अनुरोध गरेको छ ।

रामेछापमा पीसीआर परीक्षणका लागि प्रयोगशाला नभएकाले स्वाब लिएको ३ दिनपछि मात्र रिपोर्ट आउने, त्यसबेलासम्म संक्रमितको स्वास्थ्य अवस्था गम्भीर भइसक्ने अवस्था छ । जिल्लामा हाल २ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । न्यून मात्रामा पीसीआर परीक्षण गराइएकोमा स्थानीयले गुनासो गरेका छन् । परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरुलाई समेत अलग्यै राख्ने नगरिएकाले संक्रमण फैलँदो छ ।

प्रकाशित : वैशाख २९, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?