२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सिन्धुलीमा बहुविवाहका फरार अभियुक्त पक्राउ

राजकुमार कार्की

सिन्धुली — बहुविवाह अभियोगमा अदालतले कैद सजाय सुनाई फरार रहेका गोलन्जोर गाउँपालिका–४ का ५२ वर्षीय दुर्गे दमाइलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सिन्धुली प्रहरी अनुसार दमाईलाइ सुराकीको आधारमा गोलन्जोर गाउँपालिकाकै आहालेबाट पक्राउ गरी बुधबारै जिल्ला अदालतलाई बुझाइएको छ । दमाइलाई बहुविवाह अभियोगमा ११ महिना पाँच दिनको कैद सजाय भएको थियो ।

लकडाउन घोषणासँगै बाहिर भएका व्यक्ति घर आउने भएकाले प्रहरीले उक्त अवसरलाई प्रयोग गरी अदालतले सजाय तोकेका फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

प्रकाशित : वैशाख २९, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?