चार जिल्लामा ११ संक्रमितको मृत्यु

हेटौंडा — पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, धादिङ र काभ्रेमा गरी थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा शनिबार राति र आइतबार बिहान गरी २/२ जनाको मृत्यु भएको हो ।

चार जिल्लामा ११ संक्रमितको मृत्यु

सिन्धुलीमा ८५ वर्षीय र धादिङमा ७५ वर्षीय वृद्धको पनि उपचारका क्रममा मृत्यु भएको हो । काभ्रेमा होम आइसोलेसनमा २ र उपचाररत ३ गरी ५ जनाको ज्यान गएको छ । यसैबीच, काभ्रेमा स्थानीय प्रशासनले निषेधाज्ञाको अवधि एक साता थपेको छ ।

दैनिक सय जना हाराहारीमा संक्रमित थपिन थालेपछि जेठ २ सम्म लागि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।


प्रकाशित : वैशाख २७, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?