आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — कोरोना संक्रमित ७५ वर्षीय वृद्धको सदरमुकामस्थित अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको छ । 

आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु

नीलकण्ठ नगपालिका–३, पचघरे निवासी वृद्ध रणबहादुर विश्‍वकर्माको डिभिजन वन कार्यालयमा नगरपालिकाद्वारा निर्मित आईसोलेसन सेन्टरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।

प्रहरी प्रमुख खड्काका अनुसार परिवारजनलाई बोलाएर शव व्यवस्थापनको तयारी भइरहेको छ । ५० शय्याको उक्त आइसोलेसनमा ३३ जना उपचारत थिए ।


प्रकाशित : वैशाख २६, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?