१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रामेछापमा एक साता थपियो निषेधज्ञा

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला प्रशासन कार्यालयले रामेछाप नगरपालिका समेत समावेश गरी निषेधज्ञाको अवधि एक साता थपेको छ ।

रामेछापमा एक साता थपियो निषेधज्ञा

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले सोमबारदेखि थप हुने निषेधज्ञा जेठ ३ गते मध्य रातिसम्म कायम रहने उल्लेख गरेका छन् । यसअघिको निषेधज्ञा सोमबार सकिँदै थियो ।

स्थानीय प्रशासनले यसअघि मन्थली नगरपालिकाको केही क्षेत्र र गोकुलगंगा गाउँपालिकाको ३ वटा वडामा मात्र निषेधज्ञा आदेश जारी गरेको थियो । रामेछाप नगरपालिकामा समेत कोरोना संक्रमण बढेपछि उक्त नगरपालिकाका प्रमुख वजारमा समेत निषेधज्ञा लगाउनु परेको सैंजूले बताए । निषेधज्ञा अवधिमा अतिआवश्यक बाहेकका अन्य सबै सेवा व्यवसाय ठप्प हुँदै आएका छन् ।

यसैबीच अक्सिजन सिलिन्डरको अभाव हुन नदिन प्रहरीले जिल्लाका केही बजार क्षेत्रमा रहेका निजी उद्योगबाट पछि फिर्ता हुने गरी १५ थान अक्सिजन सिलिण्डर लिएर जिल्ला अस्पताललाई बुझाउने भएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?