काभ्रेमा निषेधाज्ञाको अवधि एक साता थप - वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा निषेधाज्ञाको अवधि एक साता थप 

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि एक साताका लागि थप गरिएको छ । दैनिक सयको हाराहारीमा संक्रमण बढ्दै गएपछि जेठ २ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

वैशाख १९ गतेबाट लागू निषेध आदेश २६ गते राति १२ बजेसम्मको लागि कायम छ । जिल्लामा सकृय संक्रमितको संख्या एक हजार नाघिसकेको छ । आइतबार थप ४० संक्रमित पहिचान भएपछि सकृय संक्रमितको संख्या एक हजार १ सय ९९ पुगेको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा विपक्षी दलले ३१ सांसदको हस्ताक्षर बुझाउने 

प्रतीक्षा काफ्ले

काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि विपक्षी दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाउने भएका छन् ।

गण्डकी प्रदेश सभा भवनबाट बाहिरिँदै सांसद । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

मुख्यमन्त्रीको राजीनामासँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार विपक्षी दल अव कसरी जाने भन्ने विषयमा छलफलमा जुटेको छ ।

‘हामी ३१ जनाको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखलाई बुझाउँछौ’ उनले भने । गण्डकीमा बहुमतको लागि ३१ जनाको हस्ताक्षर चाहिन्छ । सोमबार अविश्वासको प्रस्तावमाथि मतदान हुने तय भएकोमा आइतबार नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । अविश्वासको प्रस्ताव पास हुने सम्भावना देखेपछि उनको राजीनामा आएको स्रोतले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×