काभ्रेमा होम आइसोलेसनमा दुई कोरोना संक्रमितको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — होम आइसोलेसनमा रहेका २ कोरोना संक्रमितको निधन भएको छ । धुलिखेल–११ डाँडागाउँका २७ र ५८ वर्षका दुई पुरुषको शनिबार राति निधन भएको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

२७ वर्षका पुरुषलाई २४ गते र अर्का ५८ वर्षका पुरुषलाई शनिबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले शनिबार टेलीफोन सम्पर्क गरेर केही समस्या भए अस्पताल आउन भने पनि राति नै निधन भएको दाबी गरे ।

आइतबार जिल्लामा थप ३ सहित ५ जनाको निधन भएको छ । जिल्लामा संक्रमणका कारण निधन हुनेहरुको संख्या ९० पुगेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७४ रहेको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?