कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित राख्ने शय्या भरिए

काभ्रे — कोरोना संक्रमित ७२ वर्षीय वृद्धालाई श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार बिहान ५ बजे धुलिखेल अस्पताल ल्याइयो । तर शय्या खाली नहुँदा साँझसम्म पनि उनको भर्ना हुन सकेको थिएन ।

संक्रमित राख्ने शय्या भरिए

‘सास फेर्न गाह्रो भएपछि अस्पताल ल्याएको १२ घण्टासम्म पनि भर्ना गर्न पाइएको छैन,’ अस्पताल परिसरमा वृद्धाकी आफन्तले भनिन्, ‘इमर्जेन्सीमा नै राखेर उपचार भइरहेको छ, शय्या पाउने ठेगान छैन ।’ अक्सिजन लेभल घटेपछि जिल्लाका ठूला अस्पताल धुलिखेल र शिर मेमोरियल अस्पतालमा सम्पर्क गरेका बनेपा–४ नालाकी ३२ वर्षीया संक्रमित महिलाका आफन्तले भर्ना गर्न नसकिने जवाफ पाए । त्यसपछि बिरामीलाई घरमै राखेका छन् ।

संक्रमितको उपचारका लागि जिल्लाका अस्पतालहरूमा शय्या अभाव हुन थालेको छ । शय्या अभाव भएपछि धुलिखेल अस्पतालले आकस्मिक कक्षलाई नै विस्तार गरेर सेवा दिन थालेको छ ।

अहिले अस्पताल आउने ८० प्रतिशत बिरामीलाई अक्सिजनसहितको सेवा चाहिन्छ, सबैखाले सुविधा जुटाउन समय लागेको हो,’ अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले भने । शिर मेमोरियलमा १७ जना र धुलिखेल अस्पतालमा ६५ संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?