अदालतमा ‘भर्चुअल’ बहस

हेटौंडा — निषेधाज्ञासँगै मकवानपुर जिल्ला अदालतले ‘भर्चुअल’ माध्यमबाट बहस सुरु गरेको छ । मुद्दाका पक्ष, सम्बन्धित कानुन व्यवसायी र कारागारमा रहेका अभियुक्तहरू पनि भर्चुअल माध्यममा जोडिन सक्ने व्यवस्था गरिएको अदालतका निमित्त स्रेस्तेदार अमृत घिमिरेले बताए ।

अदालतमा ‘भर्चुअल’ बहस

एक न्यायाधीशसहित ४ कर्मचारीमा संक्रमण पुष्टि भएपछि भर्चुअल बहस थालिएको घिमिरेको भनाइ छ । उनका अनुसार बिहीबार अदालतको एक नम्बर इजालसबाट सजाय निर्धारणसम्बन्धी ६ वटा मुद्दामा यसरी नै बहस भयो ।

प्रहरी हिरासतमा, बाल सुधारगृह र कारागारमा रहेका थुनुवाहरूमाथिको मुद्दामा अनलाइनमार्फत बहस भएको हो । हालसम्म २ वटा लागूऔषधसम्बन्धी मुद्दासहित ८ वटा मुद्दामा भर्चुअल बहस भएको अदालतले जनाएको छ । अदालतले निषेधाज्ञाका कारण दैनिक सेवाहरू पनि कटौती गरेको छ ।

प्रकाशित : वैशाख २६, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?