कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

सुवास विडारी

मकवानपुर — मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बेसीघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप अनियन्त्रित भइ सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा सवारी चालक स्थानीय २५ वर्षीय दिपेन्द्र ल्हो, १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृति मोक्तान र मनहरी–७ का १७ वर्षीय दोर्जे गोङ्वा रहेका छन् ।

घाइतेको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रकाशित : वैशाख २५, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?