कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हेटौंडामा ट्रक र बस ठोक्किँदा १८ जना घाइते

सुवास विडारी

हेटौंडा — पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीमा  ट्रक र बस ठोक्किँदा १८ जना घाइते भएका छन् ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस ठोक्किएर दुर्घटनाग्रस्त हुँदा १८ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

घाइते सबैको उद्धार गरी चुरेहिल अस्पतालमा उपचार भइरहेको र एकजनाको अवस्था गम्भीर रहेको डीएसपी रिमालले जनाएका छन। घाइतेको विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित : वैशाख २४, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?