कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चितवनमा २४ घण्टामा सात जनाको निधन

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमित भएकामध्ये चितवनमा पछिल्लो २४ घण्टामा सात जनाको निधन भएको छ । भरतपुरका विभिन्न अस्पतालमा उपचाररत ५ जना र होम आइसोलेसनमा रहेका चितवनका दुई जनाको निधन भएको चितवन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

चितवनमा २४ घण्टामा सात जनाको निधन

स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा रुपन्देही, नवलपुर र तनहुँका एक/एक संक्रमितको निधन भएको छ । त्यसैगरी पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा स्याङ्जा र विरगन्जका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी होम आइसोलेसनमा रहेका भरतपुरका एक र माडीका एकजनाको पनि निधन भएको छ ।

चितवन प्रहरीले दिएको जानकारी अनुसार माडीमा होम आइसोलेसनमा बसेका संक्रमितले बिहीबार बिहान आत्महत्या गरेका हुन् ।

प्रकाशित : वैशाख २३, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?