कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

काभ्रे र सिन्धुपाल्चोकमा एम्बुलेन्स चाहिए १०२

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रे र सिन्धुपाल्चोकमा एम्बुलेन्स चाहिए १०२ नम्बरमा फोन गर्नुभए तपाईं नजिकै रहेको एम्बुलेन्स लिन आउनेछ ।

एम्बुलेन्सको चाहिँदा उपलब्ध नहुने भनेर गुनासो बढिरहेपछि सम्बोधनका लागि स्वास्थ्य कार्यलय काभ्रे र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले जिल्लामा ‘डिस्प्याच सेन्टर’ बनाएको छ । सिन्धुपाल्चोक जिल्लाका ३१ र काभ्रे जिल्लाका ३० एम्बुलेन्स सोही केन्द्रमार्फत सञ्चालन भइरहेका छन् ।

‘सबै एम्बुलेन्समा जिपिएस जडान गरिएको छ, चालकले आफूहरुको स्थान ढाँट्न सक्दैनन्,’ रेडक्रसको अस्पताल पूर्व सेवा कार्यक्रम प्रमुख भोजराज ओझाले भने, ‘जिपिएस जडान भएकोले एम्बुलेसन्स रहेको स्थान थाहा हुन्छ । १०२ मा फोन आएपछि नजिक भएको एम्बुलेन्स पठाउने गरेका छौं ।’

डिस्प्याच सेन्टरले ‘नेपाल इमर्जेन्सी सर्भिस डिस्प्याच सेन्टर’ नामको सफ्टवेयर पनि विकास गरेको छ । ओझाका अनुसार १०२ मा फोन गर्ने बित्तिकै बिरामीको विस्तृत विवरण भरिन्छ । उक्त सफ्टवयेरले अस्पतालबाट बिरामी रहेको स्थानको दूरी पत्ता लाग्छ । ‘बिरामीको सम्पूर्ण विवरण लिएपछि अवस्था बारे पनि थाहा हुन्छ,’ ओझाले भने, ‘अस्पतालसम्मको दूरी पनि थाहा हुने भएकाले नजिकै भएको एम्बुलेन्स पठाएर छिटो भन्दा छिटोछिटो अस्पताल ल्याउछौं ।’ जिपिएस जडान भएका एम्बुलेन्स चालु अवस्थामा नभए ५ घण्टा अगावै जानकारी दिन चालक र सञ्चालक संस्थालाई सूचित गरिएको जानकारी दिँदै बहाना बनाएर सञ्चालन नगरेको भए चाबी नियन्त्रणमा लिन निर्देशन भएको बताए ।

जिल्लामा सञ्चालनमा रहेका ४२ वटा एम्बुलेन्समध्ये ४ वटा सञ्चालनमा छैनन् । हालै भारतीय दूतावासको सहयोगमा धुलिखेल नगरपालिका र धुलिखेल अस्पताललाई प्राप्त ३ वटा ‘क’ वर्गका एम्बुलेन्समा पनि जिपिएस जडान गर्ने क्रममा रहेको ओझाले जानकारी दिए । बाँकी रहेका ८ वटा एम्बुलेन्समा पनि स्थानीय तहसँगको समन्वयमा जिपिएस जडान गर्ने तयारी रहेको बताए ।

दोलखा जिल्लामा रहेका एम्बुलेन्समा पनि जिपिएस जडान गरेर धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टरबाटै सञ्चालनको तयारी रहेको पनि ओझाले जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?