कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा निरौला

सुवास विडारी

मकवानपुर — सत्तारुढ एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौलालाई मनोनित गरिएको छ । तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि उक्त पदमा निरौलालाई मनोनयन गरिएको हो ।

एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा निरौला

दलका नेता एवम वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई सचेतकमा नियुक्त गरिएको बारे प्रदेश सभा सचिवाललाई जानकारी गराइएको छ ।

एमालेभित्रको विवादमा निरौलाले सुरुबाटै मुख्यमन्त्रीलाई साथ दिँदै आइरहेका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?