कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुलीको कमलामाईमा एकसाता निषेधाज्ञा जारी

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाले कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा बढेपछि एकसाता लामो निषेधाज्ञा जारी गरेको छ । कमलामाई नगरपालिकाका १४ वटै वडामा बुधबार मध्यराति १२ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । 

सिन्धुलीको कमलामाईमा एकसाता निषेधाज्ञा जारी

निषेधाज्ञाको समयमा होटल तथा रेष्टुरेन्ट, ब्युटिपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर, पार्टी प्लालेस, स्टेशनरी लगायतका नियमित सेवाहरु र उद्योग, कलकारखाना बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, सार्वजनिक यातायातका साधनहरु बस, ट्याक्सी, जिप, टेम्पो, अटो रिक्सा, नीजि सबारी साधनहरु सञ्चालन गर्न नपाइने बैठकले निर्णय गरेको छ । औषधि पसल, पेट्रोल पम्प, खाद्यान्न, फलफूल, तरकारी, दुध, डेरी र ग्यास पसल खुल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, दुधौली नगरपालिका, तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोसी, मरिण, हरिहरपुरगढी,घ्याङलेक गाउँपालिकाले निषेधाज्ञा तथा लकडाउन गरेका छन् । सिन्धुलीमा बुधबार ४७ जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १६० पुगेको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?