रामेछापमा सोमबार मध्यरातदेखि निषेधज्ञा

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको कोरोना संक्रमण फैलन सक्ने सम्भावित जोखिम क्षेत्र पहिचान गरी सोमबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा २७ गते मध्यरातसम्म कायम रहनेछ।

मन्थली नगरपालिकाको जिल्ला सदरमुकाम क्षेत्र, मन्थलीदेखि सेलेघाट सम्मको क्षेत्र, गाईखुरा, मुगिटार, देविटार, करमबोट र पोखरीडाडा क्षेत्र तथा गोकुलगंगा गाउँपालिकाको चुचुरे, बेताली र नामाडि भर उक्त आदेश जारी गरीएको हो । गोकुलगंगा र मन्थलीमा गरी ४७ जना सक्रिय संक्रमित रहेकाले त्यसबाट अन्यमा कोरोना फैलन नदिन निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जारी गरेको आदेशमा खाद्य, तरकारी र अत्यावश्यक अन्य सामाग्री खरिद बिक्रीका लागि बिहान ३ घण्टा र बेलुका २ घण्टा समय निर्धारण गरीएको छ । निर्माण सामाग्रीको ओसारपसार गर्दा चालक र सहचालक मात्र हुनु पर्ने, बाहिरी जिल्लाबाट आउनेलाई सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा मात्र प्रवेश दिइने आदेशमा उल्लेख गरिएको छ । जिल्लाको आन्तरिक यातायात समेत बन्द हुने आदेशमा उल्लेख छ ।

प्रकाशित : वैशाख २०, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?