कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोना संक्रमण नियन्त्रण गर्न धुलिखेलमा एक करोडको कोष

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल नगरपालिकाले कोभिड संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि १ करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । सम्भावित संक्रमण नियन्त्रणको लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख अशोकुमार व्याञ्जु श्रेष्ठले जानकारी दिए ।

होम आइसोलेसनमा भएका संक्रमितको लागि पनि अक्सिजन उपलब्ध गराउने तयारी भएको उनले जानकारी दिए । नगरपालिकाको बजार क्षेत्रमा संक्रमण धेरै देखिएको भन्दै सचेत रहन, अनावश्यक भीडभाड नगर्न, भोजभतेर नगर्न र कुनै पनि प्रकारको स्वास्थ्य समस्या देखिए तत्काल सम्पर्क गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित : वैशाख १६, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?