अन्नभण्डारको उपमा पाएको कमलाखुँज क्षेत्रमा कमला नदी कटानलाई नियन्त्रण गर्न करिडोर निर्माण सुरु भएको छ । वाग्मती प्रदेश सरकारको लगानीमा नदीको दुवै किनारामा करिडोर बनाउन थालिएको हो ।
उनको केही जग्गा खोलाको डिलमा पर्यो । खोलो गत वर्षसम्म खेतभन्दा अलि परै थियो । तर फराकिलो बनाएर बाँध बाँधे बाढी नियन्त्रणमा मद्दत पुग्छ भनेपछि मुक्तिराम भट्टरार्ईले आफ्नो खेत डिलमा पर्न दिए । ‘यसो भएपछि अरू जग्गा सुरक्षित हुने भयो । खेती ढुक्कले खान पाइने भयो,’ भट्टराईले खुसी व्यक्त गरे । उनकै टोलमा रामबहादुर विक पनि केही नम्बरी जग्गा गुमाएर खोलो छेक्न तयार भए ।
वाग्मती प्रदेशसभाको सातौं अधिवेशन मंगलबार वैशाख ७ गते राति १२ बजेदेखि हुने भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।
युद्ध संग्रहालयका लागि नेपाली सेनाले युद्धकालीन हतियार संकलन थालेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा निर्माणाधीन संग्रहालयका लागि ऐतिहासिक सामग्री संकलन थालिएको हो ।
लेकको चरी, चितवनको झाडीमाभात छैन, मकै छ हाँडीमाजन्म ठाउँ छाड्न बाध्य लेकका मानिसहरू चितवनको फाँटमा यस्तो बह पोख्ने गरेको इन्द्रसिंह गुरुङले पनि सुनेका थिए । उमेरले ९० पुगेका ईन्द्रसिंह किशोर हुँदा जन्मथलो तनहुँ पुलिमराङबाट चितवन झरे । त्यतिबेला तनहुँ, लमजुङ र गोरखाबाट चितवन झर्नेको लर्को लागेको थियो ।
वाग्मती प्रदेशमा सत्ता पक्ष र प्रतिपक्षी दलबीच दूरी बढेको छ । लगातार चार पटकसम्म एउटै कित्तामा उभिएर प्रदेशसभा बैठकमा अवरोध गरेका प्रतिपक्षी दलहरूले मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलले आह्वान गरेको सर्वदलीय बैठक पनि बहिष्कार गरेका छन् ।
प्रदेशमा शान्ति सुरक्षा कायम गर्न र प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउन संघीय सरकार मातहत रहेको नेपाल प्रहरीलाई वाग्मती प्रदेश सरकारले विभिन्न क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढी बजेट लगानी गरेको छ ।
बनेपा–८ मा पार्किङ गरी राखिएको बसमा गत चैत २२ मा इलाका प्रहरी कार्यालय बनेपाले एक महिलालाई मृत अवस्थामा फेला पार्यो । जबर्जस्ती करणीपछि हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा यौनबर्द्धक सामानसमेत भेटिए ।