कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वाग्मती प्रदेशको सातौं अधिवेशन अन्त्य

रासस

काठमाडौँ — वाग्मती प्रदेशसभाको सातौं अधिवेशन मंगलबार वैशाख ७ गते राति १२ बजेदेखि हुने भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । 

वाग्मती प्रदेशको सातौं अधिवेशन अन्त्य

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरी आएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रदेशसभाको चालू बैठक गत वैशाख २ गते सञ्चालन भई अर्को सूचना जारी नभएसम्मका लागि भनी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

प्रकाशित : वैशाख ७, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?