१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वाग्मतीमा माओवादी, कांग्रेस र विवेकशीलद्वारा सर्वदलीय बैठक बहिष्कार

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आह्वान गरेको सर्वदलीय बैठक प्रतिपक्षी दलहरुले बहिष्कार गरेका छन् ।

काठमाडौंस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित सर्वदलीय बैठक वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले बहिष्कार गरेका हुन् ।

माओवादीले ऐजेन्डा थाहा नभएको र ढिलो सूचना पाएको भन्दै बैठक बहिष्कार गरेको हो । माओवादी केन्द्र बैठकमा सहभागी नहुने भएपछि आफूहरु पनि सहभागी नभएको कांग्रेस सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए । विवेकशील साझा दलले आधिकारिक रुपमा मुख्यमन्त्रीबाट खबर नआएको र ऐजेन्डाबारे जानकारी नै नगराएका कारण बैठकमा सहभागी नभएको सांसद रमेश पौड्यालले जानकारी दिए ।

सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक केशवराज पाण्डेले बैठकमा राप्रपना र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरु सहभागी भएको जानकारी दिए । उनका अनुसार बैठकमा सदनको अवरोध खुलाउने, कोभिड–१९, नियन्त्रण तथा आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?