१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माओवादी केन्द्रद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

सुवास विडारी

मकवानपुर — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले वाग्मती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीबारको प्रदेशसभा बैठक चल्न नदिएको हो ।

माओवादी केन्द्रद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।

माओवादीले सदन अवरुद्ध गरेको योसँगै लगातार चौथो पटक हो । ‘विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छैन । यस्तो अवस्थामा बस सञ्चालन गर्न सकिँदैन । तत्काल यो बस खरिद प्रक्रिया रोक्न जरुरी रहेको छ’, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफूहरुको माग पूरा नभएसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी दिए ।

माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहरुले समेत समर्थन जनाएका छन् ।

प्रकाशित : वैशाख २, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?