१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुर्जा वितरणको तयारी

सिन्धुली — सिन्धुलीका ९ वटै पालिकाका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिने तयारी गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिले पुर्जा वितरण गर्ने भएको हो ।

जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा लगत संकलन तथा जग्गा नापी कार्य ५० प्रतिशतभन्दा बढी सकिएको समितिका विज्ञ सदस्य नवराज थिङले जानकारी दिए ।

उनका अनुसार पाँचवटा पालिकामा भूमिहीनलगायतको लगत संकलन तथा जग्गा नापी सुरु गर्ने तयारी छ ।

आयोगका जिल्लाध्यक्ष कुमारबहादुर कार्कीले समितिको काम नै भूमिहीनको पहिचान र पुर्जा वितरण भएकाले ढिलाइ नहुने जनाए ।

प्रकाशित : वैशाख २, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?