कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

शैलुङमा नयाँ वर्ष मनाउनेको भीड

रामेछाप — रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

शैलुङमा नयाँ वर्ष मनाउनेको भीड

रामेछाप, सिन्धुली, काभ्रे, दोलखा र सिन्धुपाल्चोकका साथै काठमाडौंबाट पर्यटकहरू आइपुगेका हुन् । शैलुङ क्षेत्रको प्रचार र विकासका लागि लामो समयदेखि लागेका दावा सङ्बु शेर्पाले बुधबार मात्र करिब ४ हजार जना शैलुङमा नयाँ वर्ष मनाउन आएको अनुमान गरे ।

दोरम्बा शैलुङ गाउँपालिकाले एक महिनाअघि शैलुङको सफाइ गरेको थियो । आगन्तुकले ल्याएका पानी र चिसोका बोतल, प्लास्टिक कागज र अन्य फोहोरको उचित व्यवस्थापनमा पालिका र आसपासका बासिन्दा लागेका छन् ।

शैलुङको सुन्दरतालाई कुरूप हुन नदिन सरसफाइलाई पनि उत्तिकै ध्यान दिएको पालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताए । बीपी राजमार्गको नेपालथोकबाट उत्तरपूर्व दोरम्बा हुँदै र सिन्धुपाल्चोकको मुढे बजारबाट दक्षिणतर्फको सडक यात्रा गरेर शैलुङ पुग्न सकिन्छ ।

प्रकाशित : वैशाख २, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?