सिन्धुलीमा भीरबाट लडेर शिक्षकको मृत्यु

सिन्धुली — भीरबाट लडेर एक शिक्षकको मृत्यु भएको छ ।फिक्कल–३ बेतिनीका ४७ वर्षीय टंकनाथ पहाडीको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो ।

चनौटेमा आयोजित एक कार्यक्रममा हिँडेका पहाडी घर नफर्केपछि आफन्तजनले खोजतलास गर्नुका साथै प्रहरीमा खबर गरेका थिए । स्थानीय ओख्रेनी प्राविका शिक्षक रहेका पहाडीको शव मंगलबार भीरबाट झरेको अवस्थामा फेला परेको हो ।

मदिरा सेवनका कारण घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले बताए ।

प्रकाशित : चैत्र ३१, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?