१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माओवादीद्वारा मुख्यमन्त्री पौडलको राजीनामा माग

सुवास विडारी

मकवानपुर — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेको छ ।

माओवादीद्वारा मुख्यमन्त्री पौडलको राजीनामा माग

मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले वर्तमान प्रदेश सरकार पूर्णरुपमा असफल भइसकेको, अविश्वासको प्रस्ताव दर्ता गर्दा अल्पमतमा रहेको कारण तत्काल राजीनामा दिएर नयाँ सरकार गठन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक सुरु गर्ने बित्तिकै माओवादीका सांसदहरुले उठेर बोल्ने समय माग गरेका थिए । ‘सरकार हरेक क्षेत्रमा असफल भएको छ । प्रदेशसभाका विभिन्न समितिहरुले दिएको निर्देशन समेत नमानेर अगाडि बढिरहेको छ । सरकारले हामीलाई चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको काम कारबाही अगाडि बढ्न दिँदैनौं ।,’ जम्कट्टेलले भने ।

पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेको उनले विद्युतीय बस सञ्चालन, मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिनुको कारण स्पष्ट पार्न समेत माग गरेका छन् ।

माओवादीले बैठकमा उठेर विरोध जनाउने भएपछि सभामुख श्रेष्ठले अर्को बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गर्दै यस बैठकलाई स्थगित गरेका थिए ।

प्रकाशित : चैत्र २४, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?