२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

वडा कार्यालयमा चोरी

अनिश तिवारी

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका-६ टेकानपुरस्थित वडा कार्यालयमा चोरी भएको छ । वडा कार्यालयसहित ३ घरमा शुक्रबार राति अज्ञात समूहले तोडफोड गर्दै नगद,गहना तथा अन्य सामग्रीहरु चोरी गरेको हो ।

वडा कार्यालयमा चोरी

मध्यरातमा अज्ञात समूहले वडा कार्यालयको कागजात च्यात्दै कार्यालयमा राखिएको नगद १५ हजार, तीन घरमा सुन चोरी गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी निरीक्षक देवेन्द्र शाहकाअनुसार टेकानपुर वडा ६ कार्यालयमा चोरको समूहले वडाध्यक्ष रामचन्द्र बुढाथोकीले हस्ताक्षर गरेका सिफारिसजस्ता अन्य कागजात च्यातेका छन् । ‘वडा कार्यालयमा राखिएको कागजात च्यात्नु , नगद र मान्छे नबस्ने तीन घरमा सुन चोरेको देखिन्छ, सबै तंथ्याक संकलन गर्दैछौं,’ उनले भने ।

प्रहरीले मादक पदार्थ सेवन गरेका केही स्थानीय मानिसले चोरी गरेको हुन सक्ने बताएको छ । गाउँको बारेमा सबै थाहा भएको मानिसले यस्तो काम गरेको हुनसक्ने वडाध्यक्ष रामचन्द्र बुढाथोकीले बताए ।

प्रकाशित : चैत्र २१, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?