२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मट्टितेल छर्केर आगो लगाउनेको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाउनेको मृत्यु भएको छ । शुक्रबार आफैलाई आगो लगाएका रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका हिराबहादुर भुजेलको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार भुजेलले शुक्रबार दिउँसो मट्टितेल छर्केर शरीरमा आगो लगाएका थिए । परिवारका सदस्यले तत्काल उद्धार गरी उपचारका लागि तामाकोशी अस्पतालमा भर्ना गरेका थिए ।

तामाकोशीमा उपचार सम्भव नभएपछि काठमाडौंको कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा भुजेलको शनिबार मृत्यु भएको हो । ४३ वर्षीय भुजेलले मट्टितेल छर्किएर किन आगो लगाए भन्नेबारे खुल्न सकेको छैन ।

प्रकाशित : चैत्र १४, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?