कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिन्धुलीका एसपीको सरुवा

राजकुमार कार्की

सिन्धुली — सिन्धुली प्रहरी प्रमुख (एसपी) आभुषण तिमल्सिनाको तीन महिनामै काज सरुवा भएको छ । एसपी तिमल्सिना गएको पुसमा सिन्धुली सरुवा भएर आएका थिए ।

सिन्धुलीका एसपीको सरुवा

एसपी तिमल्सिनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो ।

'के कारणले प्रधान कार्यालयले तीन महिनामै बोलायो, त्यो त थाह भएन, तर तस्कर, अवैध काम गर्नेहरु भने त्राहिमाम हुँदै गएका थिए,' एक अधिकृतले भने, ‘अवैध काम गर्नेहरुको पहुँच र कनेक्सन माथिल्लोस्तरसम्म हुने भएकाले काम गर्ने कार्यालय प्रमुखहरुलाई टिक्न दिँदैनन् ।’

अवैध उत्खनन् र प्रशोधनमा रहेका सबैलाई कानुनी दायरामा ल्याउन सुरु मात्र के भएको थियो, एसपी साहेवको काज सरुवा भएको खबर आयो, प्रहरीकै एक अधिकृतले सुनाए ।

प्रकाशित : चैत्र १३, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?