२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सिन्धुलीमा सवारी दुर्घटनामा दम्पती सख्त घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–भिमान खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा दम्पती सख्त घाइते भएका छन् ।

प्रहरीका अनुसार कमलामाइ नगरपालिका ९ को हर्दियामा सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २, ०१–००१ प ५६६३ नं को मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको पिकअप गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वर नपा ८ का सन्तोष साह र उनकी श्रीमती १९ वर्षीय पुजा साह सख्त घाइते भएका छन् । उनीहरु दुवैको टाउमा चोट लागेको छ ।

घाइतेलाई महोत्तरीको बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं पठाइएको सिन्धुली प्रहरीका डिएसपी मनोज लामाले जानकारी दिए । प्रहरीका अनुसार साहकी श्रीमती गर्भवती छिन् ।

प्रकाशित : चैत्र १३, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?