कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धुलिखेल अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि

नगेन्द्र अधिकारी

काभ्रे — निमोनियालगायतका समस्या देखिएर धुलिखेल अस्पताल भर्ना भएका दोलखाका एक जनाको मृत्यु भएको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि

मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए ।

चैत ११ गते साँझ अस्पताल ल्याइएका दोलखाको विगु गाउँपालिकाका ६२ वर्षीय ती पुरुषको चैत १२ गते दिउँसो मृत्यु भएको थियो । शंकाका आधारमा परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा. श्रेष्ठले बताए । शुक्रबार नेपाली सेनाको कालीजंग गणले मृतकको अन्त्येष्टि गरेको छ ।

यसअघि काभ्रेमा जिल्लाका ४५ जना र अन्य जिल्लाका १७ गरी ६२ जनाको मृत्यु भएको थियो । हाल सक्रिय संक्रमित रहेका ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जानकारी दिए । बिहीबारसम्म ३ हजार ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा पहिलो प्राथमिकतामा परेका समूहका २३ हजार ६ सय ३५ जनालाई दुई चरणमा कोरोना संक्रमणविरुद्धको खोप लगाइसकिएको छ ।

प्रकाशित : चैत्र १३, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?