१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सामूहिक बलात्कारका आरोपी एक वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

सिन्धुली — सिन्धुली प्रहरीले सामूहिक बलात्कार अभियोगमा दुई जनालाई एक वर्षपछि पक्राउ गरेको छ ।

सामूहिक बलात्कारका आरोपी एक वर्षपछि पक्राउ

सामूहिक बलात्कार अभियोगमा मरिण गाउँपालिका–३ का अमन लो र सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय राज पाख्रिन काठमाडौं बौद्धबाट पक्राउ गरेर सिन्धुली ल्याइएको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए ।

उनीहरुसहित पाँच जनाले गत वर्ष चैत २८ गते हरिहरपुरगढी गाउँपालिका–८ क्यानखोला बगरमा २४ वर्षीय एक युवतीलाई सामूहिक बलात्कार गरी फरार रहेकोमा तीन जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक तिम्सिनाको भनाई छ ।

त्यस्तै दुधौली नगरपालिका–३ कालापानीका एक पुरुषले आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । अभियुक्तले आफ्नै श्रीमतीलाई घर, जंगल र शौचालयमा बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

वैवाहिक बलात्कार र सामूहिक बलात्कार गर्ने अभियुक्तलाई अदालतमा मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?