सिन्धुलीको दुधौलीमा जंगली हात्तीले घर भत्काए 

राजकुमार कार्की

सिन्धुली — जंगली हात्तीले सोमबार बिहान सिन्धुलीको दुधौली नगरपालिका–६ दमनडाँडामा चार वटा घर बनाएको छ । तीन वटा जंगली बस्तीका चार वटा घर भत्काएको प्रहरीले जानकारी दिएको छ ।

हात्तीले दमनडाँडाका जितबहादुर माझीको घर भत्काइदिएको छ । त्यस्तै उनको घरमा रहेको अन्न, लत्ताकपडा, टेलिभिजन सेटलगायतमा पनि हात्तीले क्षति पुऱ्याएको को प्रहरी निरीक्षक सन्तोष पोखरेलले जानकारी दिए । त्यस्तै हात्तीले स्थानीय दुर्गाबहादुर बुढाथोकी, रुद्रबहादुर कार्की, र रामप्रसाद बरालको घरमा पनि क्षति पुऱ्याएको छ ।

डिभिजन वन कार्यालय सिन्धुलीले पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटप्पु राष्ट्रिय निकुञ्जमा बसाइ जाने क्रममा ती हात्ती आएको हुन सक्ने जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?