कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काभ्रेमा चट्याङ लागेर एकको मृत्यु

कान्तिपुर संवाददाता

काभ्रे — चट्याङ लागेर खानीखोला –४, डाँडागाउँमा एक जनाको मृत्यु भएको छ । घरमै बसिरहेका ४६ वर्षीय पञ्चमान जिम्बाको बुधबार चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सो स्थान चट्याङ उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । वर्षेनी १–२ जनाले चट्याङकै कारण ज्यान गुमाउने गरेका छन् । 

काभ्रेमा चट्याङ लागेर एकको मृत्यु

यस्तै बेथानचोक–१ मा चट्याङ लागेर २ चौपाया क्षति भएको छ । सामान्य घाइते भएका दुई जनालाई अस्पताल ल्याइएको स्थानीय नवराज सापकोटाले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ५, २०७७ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?